आज:  | Tue, 21, Apr, 2026

गठबन्धन बैठक काँग्रेस नेता रामचन्द्र नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

Avatar photo दिशा निर्देश २२ चैत्र २०७८, मंगलवार ११:३४ मा प्रकाशित (४ साल अघि)

सत्ता गठबन्धनको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको छ । अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको उनको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष गठबन्धनले निकालेको छ ।


सम्बन्धित खबरहरु