बीरगन्ज, १७ चैत- जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमद राष्ट्रिय भूमि आयोगको पर्सा अध्यक्षमा नियुक्त भएका छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद निर्णयबाट तबरेज अहमद अध्यक्ष तोकिएका हुन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाद्वारा हस्ताक्षरित पत्रमा अहमदलाई अध्यक्षमा नियुक्ति गरिएको जनाएको छ ।
बिहिबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अहमदलाई अध्यक्षमा नियुक्त गरिएको नियुक्ति पत्रमा उल्लेख छ ।
अहमदलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले शपथ खुवाएका छन् ।
अध्यक्ष नियुक्ति पश्चात उनलेे प्रतिक्रिया दिदैं भूमि सम्बन्धी समस्या समाधानका लागि आफु नेतृत्वको समितिले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भुमिहिन जनताका लागि आफ्नो कार्यकालमा ठोस कार्य गर्ने प्रतिबद्धता दोहोरयाए । उनले पार्टी दिलाएको यो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने र पार्टीले गरेको विश्वासप्रति पार्टीलाई धन्यवाद व्यक्त गरे ।
