आज:  | Tue, 21, Apr, 2026

यातायात कार्यालय एकान्तकुना बाट १५ जना बिचौलिया पक्राउ

Avatar photo दिशा निर्देश १६ चैत्र २०७८, बुधबार १९:१० मा प्रकाशित (४ साल अघि)

काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय साना ठुला, बागमती बाट प्रहरीले १५ जना बिचौलियालाई पक्राउ गरेको छ ।

यातायात कार्यालयमा सेवाग्राहीलाई अवरोध खडा गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले बताए । बिचौलियाहरूलाई ललितपुर प्रहरीले ‘अभद्र व्यवहार’मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भएकी १९ वर्षीया इनिमाया राई, ललितपुर घर भएकी २५ वर्षीया निमा लामा, उदयपुर घर भएकी १९ वर्षीया कुसुम दनुवार, ओखलढुंगाका ३२ वर्षीय अर्जुन विश्वकर्मा र गुल्मी घर भएका २१ वर्षीय अरुण मगर लगायत छन् ।


सम्बन्धित खबरहरु