आज:  | Tue, 21, Apr, 2026

जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा,महत्त्वपूर्ण कागजात नियन्त्रणमा

Avatar photo दिशा निर्देश १५ चैत्र २०७८, मंगलवार १६:२६ मा प्रकाशित (४ साल अघि)

वीरगन्ज, १५ चैत । पर्साको जगरनाथपुर गाँउपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । हेटौडा स्थित आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायव उपरिक्षक गणेश बराल नेतृत्वको टोलीले जगरनाथपुर गाँउपालिकाको कार्यालयमा छापा मारेको हो ।

कोभिडले प्रभावित विपन्न परिवारहरुका लागि राहत बाड्न गत पुषमा केन्द्र सरकारले पठाएको अनुदानको रकम भ्रष्टचार गरेको खबर सार्वजनिक भएपछि त्यहि विषयलाइ लिएर आज अख्तियारको टोलीले जगरनाथपुर गाँउपालिकाको कार्यालयमा छापा मारेको हो । कोभिड प्रभावितहरुलाइ राहत बाड्नका लागि केन्द्र सरकारले जगरनाथपुर गाँउपालिकाको कार्यालयमा ८८ लाख रुपैया पठाएको थियो ।

गाँउपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले उक्त रकम, राहतमा वितरण नगरि स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर दुरुपयोग गरेको आरोप लागेको छ ।

अख्तियारका प्रहरी नायव उपरिक्षक गणेश बरालको नेतृत्वमा आएकाे टोलीले जनगरनाथपुर गाँउपालिका कार्यालयमा छापा मारेर अनुदानको रकम दुरुपयोग सम्बन्धि कागज र फाइलहरु संकलन गरिरहेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सुचना अधिकारी विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु