आज:  | Tue, 21, Apr, 2026

सप्तरी युवा संघको नगर अध्यक्षमा ममताज आलम चयन

Avatar photo दिशा निर्देश १३ चैत्र २०७८, आईतवार २२:५९ मा प्रकाशित (४ साल अघि)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल प्रथम नगर अधिवेशनको सम्पन्न भएको छ । बाेदे वर्साइन नगरपालिका ३ सप्तरीमा सम्पन्न युवा संघकाे अधिवेशनले नगर अध्यक्षमा ममताज आलमलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

आलमकाे अध्यक्षतमा निर्वाचित ४३ सदस्यीय नगर कमिटिको उपाध्यक्षमा शैलेस कुमार यादव , सचिवमा शम्भु कुमार साह , काेषाध्यक्ष कल्याण कुमारी पाल सहसचिवमा लगायत रहेका छन् ।
कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष चितरन्जन यादव, मजिद प्रदेश सदस्य मोहम्मद इस्लाम बलान बिहुल गौपालिक अध्यक्ष तथा प्रर्देश सदस्य दिनेश्वर यादव र बोदे बर्साइन ना पा का अध्यक्ष बिज्य कापैर बोदे बर्साइन नपा सचिब शाबिर हुसैन जिल्ला सदस्य मोहित नारायण यादव , अर्बिन्द यादव , धर्मेन्द्र यादब, नगर इन्चार्ज कमल नाथ मंडल लगाएतकाे सहभागिता रहेकाे थियो ।


सम्बन्धित खबरहरु