लोसपा अध्यक्ष महन्थ ठाकुरले सांस्कृतिक रुपले निर्णायक क्षणमा आफूहरूलाई बाहिर राखिएको उनले गुनासो गरेका छन् । मधेस आन्दोलनमा उठाइएको मुद्धा केही सम्बोधन भएको र केही बाँकी हरेको अवस्थामा आफूहरूलाई बाहिर राख्ने काम भएको उनले बताए । ![]()
संघर्ष गरेरै पीडितको मुद्धा सम्बोधन गराउने उनको जिकिर छ । लोसपा केन्द्रीय सचिवालयले वीरगन्जमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले विभिन्न किसिमको मुद्धा लगाइएका नेताहरू अदालतमा तारिक धाइरहेको, केही नेता तथा कार्यकर्ता जेलमा रहेको बताए । ![]()
उनीहरूको न्यायका लागि संघर्षको विकल्प नभएको ठाकुरले बताए । उनले मधेस आन्दोलनको क्रममा लगाइएको मुद्धा फिर्ता लिन र नागरिकताको सस्या समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसमा शोषण उत्पीडनमा परेका जनताको लागि पार्टी गठन भएको दाबी गरे । उनले आवश्यकताको आधारमा चुनावी तालमेल गर्न सकिने पनि बताए ।
पुरूषाेतम झा काे सभापतित्व मा भएकाे कार्यक्रममा लक्ष्मणलाल कर्ण , शरतसिंह भण्डारी , एकबाल मिया ,अनिल झा , रमेश पटेल , जितेन्द्र शाेनल लगाएत नेता तथा कार्यकर्ता हरूकाे उपस्थिति रहेकाे थियो । ![]()
