आज:  | Tue, 21, Apr, 2026

मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटक र भाथाधामलाई धार्मिक पर्यटक क्षेत्र घोषणा गर्ने

Avatar photo दिशा निर्देश ९ चैत्र २०७८, बुधबार २३:१६ मा प्रकाशित (४ साल अघि)

मधेस प्रदेश सरकारले ठोरीमा चैत्र ११ गते शुक्रबार मन्त्री परिषदको बैठक बसि सो क्षेत्रलाई पर्यटक क्षेत्र र चैत्र १२ गते भाथाधाम (दुधेश्वेरनाथ) मन्दिर अवलोकन गरि धार्मिक पर्यटक स्थल घोषणा गर्ने त्यारी गरेको जसपा नेपाल मधेस प्रदेश समिती सदस्य एवं मुख्यमन्त्री मा. लाल बाबू राउतको स्वकीय सचीव दिपक यादवले जानकारी गराए ।

ठोरीमा स्वदेश एवं छिमेकी देश भारतबाट मनोरञ्जन गर्ने आउने पर्यटकहरुको मुख्य रोजाई भएकोले सो क्षेत्रमा पर्यटकहरुको घुईचो लागने भएकोमा सो क्षेत्रलाई ब्यवस्थित र विकसित गर्नको लागि पर्यटक क्षेत्र घोषणा गर्न लगिएको हो ।

पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिकामा पर्ने श्री श्री १००८ बाबा दुधेश्वेरनाथ महादेव भाथाधाम धार्मिक पर्यटक क्षेत्र भएकोले सो क्षेत्रमा बैशाख, साउन र माघ महिनामा लागने मेलामा स्वदेश एवं छिमेकी देश भारतबाट लाखौं तिर्थालु भक्तजन पर्यटकहरुको मुख्य रोजाई भएकोले सो क्षेत्रमा पर्यटकहरुको घुईचो लागने भएकोमा सो क्षेत्रलाई ब्यवस्थित र विकसित गर्नको लागि धर्मिक पर्यटक स्थल घोषणा गर्न लगिएको हो ।

भाथाधाम समितिको अध्यक्ष अलखदेव प्रसाद थारुको अध्यक्षतामा एवं जसपा नेपालका केन्द्रिय सदस्य पुर्व मन्त्री मोहन लाल चौधरीको विशेष उपस्थितिमा पुर्व त्यारीको लागि बेल्वा स्थित श्रीराम जानकी मन्दिरमा बैठक बसि मधेस प्रदेश सरकारको टोलिलाई स्वागत, कार्यक्रमको ब्यवस्थापन र प्रचारप्रसार गर्ने बारे निर्णय गरेको छ ।

बैठकमा जसपा नेपालका केन्द्रिय सदस्य जनार्दन यादव, नेता श्रीभगवान गिरि, बिश्वनाथ महतो, क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, युवा नेता शिव कुमार साह, स्थानीय किशनाथ महतो, चिरञ्जीवी महतो कैलाश चौधरी लगायत समितिको पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु