आज:  | Tue, 21, Apr, 2026

गाउँ फर्के लगत्तै सामाजिक कार्यमा जुटे पूर्व एसएसपी गोविन्द साह

Avatar photo दिशा निर्देश ९ चैत्र २०७८, बुधबार २२:३२ मा प्रकाशित (४ साल अघि)

जनकपुरधाम। केही दिन अघि नेपाल प्रहरीको एसएसपी पदबाट राजीनामा दिएका गोविन्द कुमार साह गाउँ फर्के लगत्तै समाजिक कार्यमा जुटेका छन् ।

धनुषाको विदेह नगरपालिका–८ बफैमा उनको पहलमा बुधवार निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ७ सय ५० जना व्यक्तिलाई निःशूल्क स्वास्थ्य परामर्श, औषधी तथा उपचार सेवा प्रदान गरिएको डा.प्रेमकुमार साहले बताउनुभयो
काँग्रेसको जग बलियो बनाउने भूमिका र सामाजिक कार्यको इतिहास परिवारसंग जोडिएको हुँदा आफू पनि जागिर छाडेपछि सामाजिक कार्य तर्फ केन्द्रित बनेको गाेबिन्द साहले  बताउनुभयो ।

विदेह नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिने तयारीमा रहेका साहले यसअघि गाउँलेहरुले चुनाव लड्न आउनै पर्छ भनेपछि पदबाट राजिनामा दिएको साहले  बताए ।

एस.पी. अर्थोपेडिक हस्पिटल एण्ड क्रिटिकल केयरद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. विजय कापर (गाइनोकोलोजी) , डा.संजय कुमार साह (अर्थोपेडिक), डा. संजित साह (अर्थोपेडिक), डा.श्रीनारायण यादव (पेडियेट्रिक), डा. संजय साह (पेडियेट्रिक), डा.रामस्नेही यादव (डेन्टल), डा. चन्दन साह (इएनटी), डा. प्रेमकुमार साह (क्रिटिकल केयर), का साथै डा. सुदिप साह, सिकन्दर मण्डल र विष्णुदेव रजकले सेवाग्रहीलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।


सम्बन्धित खबरहरु