आज:  | Tue, 21, Apr, 2026

एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

Avatar photo दिशा निर्देश ९ चैत्र २०७८, बुधबार १६:४८ मा प्रकाशित (४ साल अघि)

संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छन् । उनलाई बुधबार जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायात मन्त्रीसमेत रहेकी जसपा नेतृ रेणु कुमारी यादवलगायतको उपस्थिति थियो ।


सम्बन्धित खबरहरु