९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्ने बताएका हुन्।
बिहीबारसम्म चल्ने बैठकमा पार्टी स्थापना दिवस, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन, लेखा तथा आर्थिक व्यवस्थापन विनियमबारे पनि छलफल गर्ने कार्यसूची छ।
काठमाडौंमा जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष ओलीले पार्टी स्थापना दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने बताएका छन् । नेकपा एमालेलेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेमा जोड दिएका छन् ।
