आज:  | Tue, 21, Apr, 2026

एमाले केन्द्रीय कमिटी बैठकः सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकियो

Avatar photo दिशा निर्देश ९ चैत्र २०७८, बुधबार १६:१९ मा प्रकाशित (४ साल अघि)

एमाले केन्द्रीय कमिटी बैठकः सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकियो
९ चैत, काठमाडौं । एमाले केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ ।
प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले स्थानीय निर्वाचनमा केन्द्रित भएर रिपोर्टिङ गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सबै प्रदेश अध्यक्षले आ(आफ्ना प्रदेशमा पार्टीको संगठनबारे धारणा राखेका थिए ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको तेस्रो बैठक बोलाइएको हो ।


सम्बन्धित खबरहरु