स्व गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवस: जी.पी फाण्डेशन द्वारा अन्तरक्रिया कार्यक्रम सम्मान
स्व गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद फाण्डेशन पर्साले आज अलौंमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
स्मृति दिवसको अवसरमा नेपाली काग्रेंसका पुर्व मन्त्रि तथा केन्द्रिय सदस्य अजय कुमार चौरसियाले स्व गिरिजा प्रसाद कोईरालाको मुल मन्त्र राष्ट्रि सहमति सहकार्य र एकताको खाचो अहिले देखिएको चौरसियाले बताए ।
गिरिजा बाबु नेपालका मात्र न भई एसिया महाद्विपका नै एक असल र कुसल राज नेता समेत रहेको दाबी गरेका थिए । नेपाल बुलेटको घेरामा परेको बेला राज्यलाई ब्यालेटमा ल्याएर देशलाई निकास दिई राजनितिक स्थाईत्व समेत कायम गरेको उनले बताए।
त्यस्तै मन्तव्यको क्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले नेपाली काँग्रेसको कारण नै देशमा शान्ति स्थापना भएको बताएका थिए २०६२/२०६३ सालमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ले दिल्ली मा नेकपा माओवादीकाका अध्यक्ष प्रचण्ड सँग शान्ति सम्झौता गरी हात हतियार नेपाल सरकार लाइ बुझाउन लगाएको बताएका थिए भने लोकतन्त्र र गणतन्त्र स्थापना नेपाली कांग्रेसले नै गराएको बताए।
मधेशी दलले भ्रष्टाचारको पराकाष्ठा नाघेको मधेशी जनतासंग झुटको खेति मात्र गरेको पर्सा काग्रेसका अध्यक्ष जर्नादन सिंह क्षेत्रिले भ्रम र झुटको खेति गर्नेहरुको पछि नलाग्न आग्रह समेत गरेका थिए ।
फाउण्डेशन पर्साले स्मृति दिवसको अवसरमा अलौका ७० जना वृद्ध वृद्धाहरुलाई सम्मान गरेको छ । नेपाली काग्रेस मार्फत देश र जनताका लागि आफनो समाजिक योगदान पुर्याएकोहरुलाई सम्मान गरेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईरालाको देशमा अहिले खाचो रहेको बताए । देशमा हरेक तह र तपका का नागरिकका लागि राज नेता एवम जन आन्दोलनका कमाण्डर स्व गिरिजा प्रसाद कोईरालाको विचारको नै खाचो रहेको मोहम्मद सहाबुदिनले बताएका थिए ।
नेपाली काग्रेसका क्षेत्रिय सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया विशिष्ठ अतिथि ने.का का जिल्ला सभापति जनार्दन सिहं क्षेत्रि,उप सभापति राम नारायण प्रसाद कुर्मी ,अशोक कुमार गुप्ता, किरण देबी गुप्ता,दिना प्रसाद गुप्ता,नरेन्द्र साह,अतिथिहरु मा किरण सरकार, फाण्डेशनका सचिव धिरज गुप्ता, सदस्य जितेन्द्र सिंह,दिलिप राज कार्की,मिन्टु सिंह राहुल कुमार गुप्ता लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्धघोषण हरिनारायण प्रसाद यादवले गरेका थिए भने स्वागत मन्तव्य दिलिपराज कार्कीले गरेका थिए ।
