आज:  | Tue, 21, Apr, 2026

जिल्ला प्रहरी कार्यालय पर्सामा म्यादी प्रहरीमा आवेदन दिनेको भिड

Avatar photo दिशा निर्देश ६ चैत्र २०७८, आईतवार १७:१७ मा प्रकाशित (४ साल अघि)

जिल्ला प्रहरी कार्यालय पर्सामा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको भिड लागेको छ । नेपाल प्रहरीले आइतबारदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि प्रहरी कार्यालय अगाडि युवाहरूको भिड लागेको हो ।

जिल्लाका ग्रामीण र सहरी क्षेत्रका युवाहरू दर्खास्त दिन पुगेको पर्सा प्रहरीले जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरीले जनाएको छ ।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइनेछ । छनाेट भएकाहरूलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइनेछ ।


सम्बन्धित खबरहरु