आज:  | Tue, 21, Apr, 2026

वीरगन्जका मेयर सरावागी नेकपा एमालेमा प्रवेश

Avatar photo दिशा निर्देश २८ फाल्गुन २०७८, शनिबार १५:५४ मा प्रकाशित (४ साल अघि)

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा मेयर सरावगीसहित ४ जना वडाध्यक्ष एमालेमा प्रवेश गरेका हुन् ।

वैवाहिक कार्यक्रममा सरिक हुन वीरगन्ज आएका बेला ओलीले मेयर सरावगीलाई पार्टी प्रवेश गराएका हुन्। सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रभु साह, रघुवीर महासेठजस्ता मधेसका प्रभावशाली एमाले नेतासमेत उपस्थित थिए।

गत स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सरावगी मेयरमा निर्वाचित भएका हुन्।
पछिल्लो समय जनता समाजवादी पार्टी(जसपा)मा रहेका सरावगीले पार्टीले असहयोग गरेको बताउँदै आएका थिए। यसअघि उनी कांग्रेस प्रवेश गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर एमालेमा प्रवेश गरेका हुन्।

शनिबार नै ओलीकै प्रमुख आथित्यामा बाराको आदर्श कोतवाल गाउँपालिका चिउटाहामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा जसपाका चर्चिता नेताहरु पार्टी प्रवेश गर्ने नेकपा एमाले वाराले जनाएको छ ।


सम्बन्धित खबरहरु