आज:  | Tue, 21, Apr, 2026

पाेखरीया मेयर मन्टुले गरे नेपाली कांग्रेसमा पार्टी प्रवेश

Avatar photo दिशा निर्देश २६ फाल्गुन २०७८, बिहीबार १६:२६ मा प्रकाशित (४ साल अघि)

बीरगन्ज, २६ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवा बीरगन्ज आएकाे बेला पाेखरीया नगरपालिकाका मेयर मन्टु राैनियारले प्रधानमन्त्री संग टीका थाप्दै नेपाली कंग्रेसमा पर्टी प्रवेश गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न देउवा बिहिवार बीरगन्ज आएका हुन् ।

आज र भोली बीरगन्ज को नगर सभागृहमा हुने महाधिवेशन तथा सम्मेलनमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका देउवा आज बीरगन्ज आएका हुन् ।

नगर सभागृहमा हुने महाधिवेशनअघि देउवाको बीरगन्ज स्थित लर्डस् दियालोमा कार्यकता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रम रहेको थियाे।


सम्बन्धित खबरहरु