आज:  | Wed, 22, Apr, 2026

एमाले प्रवेश गर्दै वीरगञ्जका मेयर सरावगी

Avatar photo दिशा निर्देश २६ फाल्गुन २०७८, बिहीबार १५:५७ मा प्रकाशित (४ साल अघि)

वीरगन्ज । स्थानीयको तहको निर्वाचन नजिकिदै गर्दा वीरगन्जमा चुनावी माहोल तीब्र रुपले अगाडि बढेको छ।

वीरगन्ज महानगरको मेयर उमेदवारको लागि हरेक पार्टीका नेताहरुले आ-आफ्नो स्तरबाट चुनावको त्यारीमा जुटेको बेला बिरगंज महानगरका मेयर विजय सरावगी टिकटको लागि विभिन्न पार्टीका नेताहरुको घर घर धाउन व्यस्त देखिएका छन।

बिगतका दिन देखि महानगरको आमनागरिक मन जितन असफल रहेका मेयर सरावगी एमाले प्रवेश गर्ने पुर्ण त्यारी गरिसकेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार मेयर सरावगी एमाले प्रवेश गरे संगै स्थानी नेता तथा कार्यकर्ताहरुमा आन्तरिक द्वन्द सुरु भएको छ।

स्थानिय चुनाव नजिकिदै गर्दा मेयरको उम्मेद्बारका लागि महानगरका केही नेताहरु पार्टी परिवर्तन गरि एमाले प्रवेश गरिरहदा टिकट कस्ले पाउने भन्ने कुरामा अन्योलता देखिन्छ।


सम्बन्धित खबरहरु