आज:  | Tue, 21, Apr, 2026

वडाध्यक्ष अन्सारी लोकतान्त्रिक समाजवादी पार्टी छोडेर एमालेमा प्रवेश

Avatar photo दिशा निर्देश २५ फाल्गुन २०७८, बुधबार १९:३२ मा प्रकाशित (४ साल अघि)

बीरगन्ज,२५ फागुन । बाराको कलैया उपमहानगर–९ का वडाध्यक्ष डा.अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गरेका छन्। आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी परिवर्तन गर्नुपरेको अन्सारीको भनाइ छ।

उनले मधेश आन्दोलनका माग र सहिदको सपना पूरा गर्न नसकेको, मधेसका मुद्दाहरु ओझेलमा पार्ने गतिविधिमा संलग्न भएकोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको बताएका छन्। अन्सारीले भने, मेरो वडालाई नेपालकै नमुना बनाउने सोच छ, ठूलो पार्टीबाट मात्रै यो भिजन पूरा हुने देखें, त्यसैले नेकपा एमाले रोजेको हुँ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बाराको आदर्श कोतवालमा फागुन २८ गते हुने बृहत् पार्टी प्रवेश कार्यक्रममा आफ्नो वडाबाट थप एक हजार नेता–कार्यकर्तालाई प्रवेश गराउने उनले दाबी गरेका छन्।


सम्बन्धित खबरहरु