वीरगञ्ज, २४ फागुन । नेकपा एमालेका अध्यक्ष के पी ओली चैत्र ८ गते वीरगञ्ज आउने नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले जनाएको छ ।
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको आयोजनामा हुने सन्देश सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली चैत्र ८ गते वीरगञ्ज आउने तय भएको उपाध्यक्ष महेश दासले जानकारी दिए ।
लोसपाका नेता राजेश मान सिँह, निर्वाचित वार्ड अध्यक्षहरु सहित लोसपा, जसपा, माओवादी, काग्रेस परित्याग गरी करीव ५ हजार व्यक्ति नेकपा एमालेमा प्रवेश गर्ने दासले बताए ।
चैत्र ८ गते घण्टाघरको वि पी उद्यानमा दिउँसो बृहत् पार्टी प्रवेश कार्यक्रम हुने त्यस अघि सिमराबाट वीरगञ्ज मोटर साइकल –र्याली दासले जानकारी दिए ।
