वीरगंज । अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मंगलबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित यूनिटी फुड काेर्टमा भएकाे कार्यक्रममा २१ पुरुषसहित ४२ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले जानकारी दिए ।
ब्लड डाेनर्स एसाेसिएसन नेपाल पर्साले आयाेजना गरेकाे कार्यक्रममा प्रिया खड्गी, गाेबिन्द देवकाेटा, नाैतन सरावगी, राेशनी श्रेष्ठ, सरिता चाैधरी, श्याम सुन्दर दास, अस्मिता पटेल, सुनिता पाण्डे, अनुप सरावगी, तबरेज अहमद, नाैसाद अन्सारीले रक्तदान गरेका थिए ।
यसैगरी सबना श्रेष्ठ, रुपेश मनान्धर, बिकास कुमार साह, विजय साह, नविन भक्त, नरेन्द्र प्रसाद, बेलाल अहमद, संसाज्ञ लामा, तिवारी यादव र कमलेश यादव लगाएतले रक्तदान गरेकाे पाण्डेले जानकारी दिए ।
