आज:  | Tue, 21, Apr, 2026

निगमले पठायो आईओसीलाई १४ अर्ब ३० करोड रुपैयाँ

Avatar photo दिशा निर्देश २४ फाल्गुन २०७८, मंगलवार १७:४९ मा प्रकाशित (४ साल अघि)

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले आईओसीलाई फागुन महिनामा तेल किने बापत उक्त रकम भुक्तानी पठाएको हो ।
निगमका प्रवक्ता बिनितमणी उपाध्यायले आज पहिलो किस्ता बापतको १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पठाएको बताए । उनले फागुन महिनामा कुल २६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा बाँकी रकम २३ मार्चमा पठाइने जानकारी दिए ।

तेल किनेको रकम भुक्तानीका लागि सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो । कोषले दिने रकम निगम नाफामा हुँदा आयात हुने प्रतिलिटर पेट्रोलियम पदार्थबाट एक प्रतिशतका दरले संकलन गरिएको हो । निगम नाफामा हुँदा उठाइएको रकम सञ्चालनमा समस्या पर्दा प्रयोग गर्ने व्यवस्था छ ।


सम्बन्धित खबरहरु