१७ फागुन, वीरगञ्ज । नेपाली काङग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस जिल्ला सभापतिका लागि तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेलबीच प्रतिस्पर्धा हुने भएको हाे ।
जिल्ला सभापतिका लागि क्षेत्री र पटेलको उम्मेदवारी परेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । पटेल नेपाली कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार हुन् ।
कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन उनलाई छ । क्षेत्री संस्थापन पक्षका उम्मेदवार हुन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियाको समर्थन छ ।
७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेल दुवै पक्षले प्यानल बनाएर मङगलबार उम्मेदवारी दर्ता गराएका छन् ।
