आज:  | Tue, 21, Apr, 2026

एमसीसी पारितबारे धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्दै

Avatar photo दिशा निर्देश १७ फाल्गुन २०७८, मंगलवार ०९:२३ मा प्रकाशित (४ साल अघि)

एमसीसी पारितबारे धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्दै
अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।

एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।


सम्बन्धित खबरहरु