आज:  | Tue, 21, Apr, 2026

मालपोत कार्यालय चाबहिलमा कार्यरत खरिदार लक्ष्मण बस्नेतसहित ३ जना अख्तियारको नियन्त्रणमा

Avatar photo दिशा निर्देश १२ फाल्गुन २०७८, बिहीबार २२:०९ मा प्रकाशित (४ साल अघि)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलमा कार्यरत खरिदार लक्ष्मण बस्नेतसहित ३ जनालाई १ लाख ३५ हजार घुससहित पक्राउ गरेको छ ।

बिहीबार बस्नेतसहित ३ जनालाई काठमाडौको चाबहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

उनीहरुले जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ३५ हजार घुस लिएको आयोगले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भैरहेको जनाइएको छ ।


सम्बन्धित खबरहरु