आज:  | Tue, 21, Apr, 2026

नेपाली कांग्रेसले तय गर्‍याे ठोरी १ को वडाअध्यक्षको उम्मेद्वार, फुयाँलको नाममा सर्वसम्मत निर्णय

Avatar photo दिशा निर्देश ५ फाल्गुन २०७८, बिहीबार १९:५३ मा प्रकाशित (४ साल अघि)

ठोरी, ५ फागुन
आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ठोरी गाउँपालिका वडा नं. १ बाट नेपाली कांग्रेसले वडाध्यक्षका लागि नवराज फुयाँललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

वार्ड कमिटीको बिहीबार बसेको बैठकले वडाध्यक्षमा फुयाँललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
वार्ड कमिटीका सभपति तिलक बहादुर रिमालको अध्यक्षतामा बसेको बैठकले आउँदो निर्वाचनबाट वडाअध्यक्षमा फुयाँललाई विजयी बनाउन पार्टी कमिटी एक भएर लाग्ने निर्णय गरेको हो ।
विगत १६ वर्षदेखि निरन्तर पत्रकारीता र सामाजिक कार्यमा सक्रिय फुयाँललाई पार्टीको तर्फबाट आउँदो बैशाख ३० गते हुन लागेको चुनावमा वडाअध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको वडा सचिव प्रेमबहादुर कुवँरले जानकारी दिए ।
चुनाव आउन अब धेरै समय नभएकाले उम्मेद्वार घोषणा गरेरै अघि बढेको पार्टीका क्षेत्रीय प्रतिनिधि धर्मेन्द्र गुप्ताले बताए ।
बैठकले पार्टीको संगठन सुदृढिकरण अभियान अगाडी बढाउँदै टोलटोलमा वार्ड कमिटी विस्तार गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा वडा नम्बर १ का निर्वाचिन वडासदस्यद्वय रविन कुमार तिमल्सिना, भक्त बहादुर आले, पार्टीका प्रदेश प्रतिनिधि डबल बहादुर क्षेत्री, धनप्रसाद फुयाँल, क्षेत्रीय प्रतिनिधि केदार देउजा, होममाया थापा, मान बहादुर श्रेष्ठ, ज्ञानबहादुर स्याङतान, भरत रिमाल, पार्टीका वडा उपसभापति अरुण तामाङ, सचिव प्रेमबहादुर कुवँर, सुरज लामा लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु