आज:  | Tue, 21, Apr, 2026

सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका ठगी गरेका चार जना कारागार चलान

Avatar photo दिशा निर्देश ३ फाल्गुन २०७८, मंगलवार २३:१३ मा प्रकाशित (४ साल अघि)

नक्कली ऋणीको नाममा कर्जा निकाली लघुवित्त ठगी गर्ने ४ जना कारागार चलान भएका छन् । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, बढनिहार पर्साको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ४ जना विरुद्ध परेको बैंकिंग कसुरको मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्जले मंगलबार फैसला गरेपछि निजहरु कारागार चलान भएका हुन् ।

बैंकिंग कसुर मुद्दामा पक्राउ परेका सो लघुवित्तका रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहार पुर्पक्षको लागि कारागार गएको र अन्य तीन जनालाई जनही १–१ करोड धरौटी तोकिएकोमा निजहरूले धरौटी बुझाउन नसकेकोले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

धरौटी बुझाउन नसकेर कारागार चलान हुनेमा अन्य दुई जना संस्थाका कर्मचारी पर्सागढी नगरपालिका वडा नं. ७ का गेनालाल पटेल र बीरगञ्ज महानगरपालिका वडा नं.२७ का प्रदीप कुमार पटेल छन् ।

यस्तै, उनीहरुका अर्का एक सहयोगी बीरगञ्ज महानगरपालिका वडा नं.२७ का शेषनाथ कुशवाहा पनि धरौटी बुझाउन नसकेर जेल चलान भएका छन् । सोही मुद्दामा पक्राउ परेका अन्य ३ जना भने जिल्ला सरकारी वकिल कार्यालय, पर्साबाट मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएका छन् ।

सो लघुवित्तको काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको केन्द्रिय कार्यालयले आन्तरिक रुपमा गरेको छानबिनको आधारमा कर्जा रकम हिनामिना भएको निक्र्यौल निकालेर जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि लोहारलाई गत मंसिर २४ गते र बाँकीलाई त्यस पश्चात विभिन्न मितिमा पर्सा प्रहरीले पक्राउ गरेको थियो ।

लघुवित्तको बढनिहार शाखाका तत्कालिन शाखा प्रबन्धक ठाकुर लोहारले अन्य कर्मचारीहरूको मिलोमतोमा २०७४ साल पुष २० देखि यता पटक–पटक गरेर विभिन्न मितिमा ३०८ जना वचतकर्ता सदस्यहरूको जानकारीबिना निजहरूको नामका नक्कली ऋण आवेदन र अन्य नक्कली कागजात खडा गरेर कर्जा निकालेर पाँच करोड सन्ताउन्न लाख बयालीस हजार दुई सय चौरहत्तर हिनामिना गरी संस्थालाई हानिनोक्सानी पु¥याएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए ।


सम्बन्धित खबरहरु