आज:  | Tue, 21, Apr, 2026

बारामा अवैध जुवा चल्दै, प्रहरी मुकदर्शक

Avatar photo दिशा निर्देश ३ फाल्गुन २०७८, मंगलवार १५:१४ मा प्रकाशित (४ साल अघि)

काठमाण्डौका क्यासिनोहरुमा भन्दा ठुलो हारजित अनि कारोबार हुने जुवा अखडा बारामा सञ्चालन हुन थालेको छ । यति ठुलो जुवा अखडा काठमाण्डौ बाहिर यो नै पहिलो भएको स्थानीयहरु बताउछन ।

यो सम्वाददाता सोमबार राती जुवा संचालन भएको सुचना पाएपछि समाचार संकलनका लागी जादां देखियो जुवाको पनि मेला । कलैया मुख्य बजार देखी पश्चिमपटि रहेको प्रसौनी वडा नम्बर ५ प्रस्टोका बेलैया जिन बाबाको मन्दिर नजिकै रहेको बासंघारीमा बनाइएको एउटा फुसको छाप्रोमा ३०—४० जना नेपाली र भारतियहरुले कौडा खेलीरहेका थिए । दैनिक रुपमा दिउसो १ बजे देखी बेलुका १० बजे राती सम्म जुवाको खाल चल्ने गरेको स्थानीय बताउछन ।

जुवाको माहोलका कारण स्थानीय पनि आजित भइसकेका छन । कौडा खेलाउने समुहले बाराका प्रहरी उपरिक्षक दिलिप सिंह देउवा, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा र प्रदेशका डिआईजी सम्मलाई मिलाएर जुवा सञ्चालन गरेको ले केही समस्या आइपरे प्रहरी भित्रैबाट खबर आउने गरेको जुवा खेलाउने समुहका एक सदस्यले दावी गरे ।

जुवा खेलाउने समुहमा बारा पन्टोका बेलैयाका काशमिरी साह तेली, पण्डीत जी , पन्नालाल साह तेली, सन्तोष साह कलवार, आदापुर रक्शौलका लालु गिरी, रक्शौल मौजेका धर्म जी , पर्साका राजकपुर साह, सुरेश मलाह लगाएत रहेको स्रोतले जनायो ।

जुवा खेलाउने समुहले प्रहरी प्रशासन मिलाउनलाई २० औ लाख रुपैया खर्च गरेकाले निर्वाधरुपमा जुवा सञ्चालन गरिरहेको ठोकुवा गर्छन । पर्सा, बारा रौतहट र भारतिय केही तस्कर तथा व्यापारीहरुले दैनिक रुपमा ५० औ लाख भन्दा बढीको जुवा खेलिरहेको एक जुवा खेलाडीले नाम नछाप्ने सर्तमा बताए ।

जुवा खेलाए बापत जुवा सञ्चालन गर्ने समुहले दैनिक रुपमा १० लाख भन्दा बढी कमाउने गरेका छन । नियमित रुपमा जुवा सञ्चालन भइरहे सयौको बिल्लीबाठ हुने निश्चित छ । तशर्थ यस्ता अवैधरुपमा सञ्चालन भइरहेको जुवा अखडालाई बन्द गर्न बारा प्रशासन गम्भीर हुन जरुरी छ ।


सम्बन्धित खबरहरु