आज:  | Tue, 21, Apr, 2026

सशस्त्र प्रहरीद्धारा ४ किलो चरेस बरामद

Avatar photo दिशा निर्देश ३ फाल्गुन २०७८, मंगलवार १५:०२ मा प्रकाशित (४ साल अघि)

सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको छ । बीरगन्ज-१६ ईनर्वा गाँउदेखि भारततर्फको अहिर्वा गाँउ जाने कच्चि बाटोबाट चरेस बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल १३ नं गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतको नेतृत्वमा खटिएको गाडी-मोबाईल टोलीले मंगलबार बिहान सवा ६ बजे चरेस बरामद गरेको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार चेकप्वाईन्ट थापेको देख्ना साथ नेपालबाट भारततर्फ जाँदै गरेको एकजना अपरिचित व्यक्तिले तरकारी बोक्ने झोला फाली भागेका थिए ।

झोला बरामद गरी चेकजाँच गर्दा कार्टुन टेपले बेरिएको ८वटा प्याकेटमा ३किलो ९०० ग्राम चरेस फेला परेको उनले बताए ।

बरामद गरिएको चरेस आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु