आज:  | Tue, 21, Apr, 2026

जनयुद्ध दिवसकाे अवसरमा सहिद परिवारलाई कम्प्युटर र अवश्यक सामग्री सहयाेग

Avatar photo दिशा निर्देश १ फाल्गुन २०७८, आईतवार २२:३४ मा प्रकाशित (४ साल अघि)

जनयुद्ध दिवसकाे अवसरमा नेकपा माओवादी केन्द्र वीरगंज महानगर कमिटीले सहिद परिवारलाई कम्प्युटर सहयाेग गरेकाे छ । कमिटीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३० का सहिद राजेश मण्डलका परिवारलाई कम्प्युटर सहयाेग गरेकाे हाे ।

माओवादी जनयुद्धकालमा ज्यान गुमाएका सहिद मण्डलकाे छाेरा-छाेरीकाे लागि कम्युटर र अवश्यक सहयाेग गरिएकाे नेकपा माओवादी केन्द्रकाे वीरगंज महानगर कमिटीले जनाएकाे छ । जनयुद्ध दिवसकाे अवसरमा आइतबार माओवादी केन्द्रका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले सहिद मण्डलकाे घर मै पुगेर उनीकी श्रीमती ललिता देवीलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

जनयुद्ध दिवसकाे अवसरमा कम्प्युटर सेटकाे साथ साथै कम्युटर राख्ने टेबल र इन्टरनेट समेत जडान गरिएकाे अध्यक्ष अन्सारीले जानकारी दिए । उनले सहिद मण्डलका परिवारका छाेरा-छाेरीकाे शिक्षामा सहजताकाे लागि कम्युटर सहयाेग गरिएकाे जानकारी दिए ।

मधेशी दलले सहिद परिवारलाई भैंसी सहयाेग गरेकाे कार्यकाे आलाेचना गर्दै अन्सारीले प्रगतिशिल बिचारकाे आफु त्यसभन्दा फरक सहिदकाे परिवारकाे शिक्षाकाे लागि पार्टीकाे तर्फबाट कम्युटर सहयाेग गरेकाे वताए ।

साे अवसरमा माओवादी केन्द्रका वीरगंज महानगर उपाध्यक्ष जुमादिन अन्सारी, अनेरास्ववियु क्रान्तिकारीका मधेश प्रदेश प्रमुख सचिव जुबेर आलम लगायतकाे पार्टीका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।


सम्बन्धित खबरहरु