आज:  | Tue, 21, Apr, 2026

सर्लाहीबाट १२ हजार पिस नाइट्रोभेट ट्याब्लेट बरामद

Avatar photo दिशा निर्देश २८ माघ २०७८, शुक्रबार १७:०९ मा प्रकाशित (४ साल अघि)

सशस्त्र प्रहरीले सर्लाहीबाट १२ हजार पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको छ । प्रतिबन्धित लागूऔषध ओसार पसार गरिरहेको सूचनाको आधारमा गएको सशस्त्र प्रहरीको टोलीले सर्लाहीको बरहथवा नगरपालिका १७ नहर नजिकै बा ५५ प ९२८ नम्बरको २२० सीसी पल्सर मोटरसाईकल चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी मुख्यालय महोत्तरी बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले बताए ।

सशस्त्र प्रहरीले चेकजाँच गर्न थालेपछि मोटरसाईकल छोडेर चालक भने फरार भएका थिए । उनले छोडेर गएको मोटराईकल पछाडि लोड गरिएको बोरा खोलेर हेर्दा ४० बाक्सामा रहेको १२ हजार पीस नाईट्रोभेट ट्याब्लेट फेला परेको गणेश ठाडा मगर बताए ।

बरामद गरिएको प्रतिबन्धित लागूऔषध र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाईने र फरार व्यक्तिको खोजी भईरहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताए ।


सम्बन्धित खबरहरु