आज:  | Tue, 21, Apr, 2026

नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा पुनः महावीर पुन

Avatar photo दिशा निर्देश २२ माघ २०७८, शनिबार १३:१२ मा प्रकाशित (४ साल अघि)

नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा पुनः डा. महावीर पुन नियुक्त भएका छन् । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुन नियुक्त भएका थिए ।

उनीसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. पुनबीच उक्त ब्राण्ड एम्बेस्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा एम्बेस्डरमा नियुक्त भएका डा. पुनले नेपाल बैंक जस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थाको ब्राण्ड एम्बेस्डरको रुपमा पुन नियुक्त हुन पाएकोमा खुशी व्यक्त गरे ।


सम्बन्धित खबरहरु