आज:  | Tue, 21, Apr, 2026

कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाहीको माग जिल्ला प्रशासन कार्यालयको मुल गेटमा अगाडि धर्ना

Avatar photo दिशा निर्देश २० माघ २०७८, बिहीबार १७:४७ मा प्रकाशित (४ साल अघि)

दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै कर्मचारीहरुले आज जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गरेका छन् । धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलालाई दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साको नेतृत्वमा कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
कर्मचारीहरु कार्यालयको कामकाज ठप्प पारी कार्यालय समय १०:३० बजेदेखी ११:३० बजे सम्म एक घण्टा जिल्ला प्रशास कार्यालयको मुल गेटमा धर्ना दिएका थिए ।

उनीहरुले षीलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर, कर्मचारी एकता जिन्दावाद लगायतको नारा समेत लगाएका थिए ।

गाउँपालिकाको वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीको एक समुहले माघ १३ गते बिहिबारका दिन योजना शाखा प्रमुख पटेललाई दुर्व्यवहार गरेका थिए ।

दोषीलाई कारवाही गर्न जाहेरी लिएर जादाँ पनि प्रहरीले दर्ता नगरेको निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताए ।

जाहेरी दर्ताको लागि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतसंग पहल गर्दा पनि दर्ता नभएको उनले गुनासो गरे ।

अध्यक्ष गिरीले कर्मचारीलाई शान्ति सुरक्षाको व्यवस्था मिलाईदिन प्रमुख जिल्ला अधिकारी ढकालसंग मागसमेत गरे ।

गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेको ठेक्दारमार्फत खरिद नगरेको आक्रोशमा धर्मनसहितको समुहले योजना शाखा प्रमुख पप्पुलाई उनकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटको प्रयास समेत गरेको थियो । धर्मनसहितको समुहले पप्पुलाई उनकै कर्यकक्षमा २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन दिएका थिएन ।

कर्मचारी संगठनले माघ १७ गते सोमबार कर्मचारी दुर्व्यवहार गर्ने कुर्मीमाथी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्रसमेत बुझाएको थियो ।

धर्ना कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव सुरेन्द्र यादव, कोषाध्यक्ष राजेश राम, धोविनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, पटेर्वा सुगौली गाउँपालिका र पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु