आज:  | Tue, 21, Apr, 2026

स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता (पत्रसहित)

Avatar photo दिशा निर्देश १८ माघ २०७८, मंगलवार १६:०५ मा प्रकाशित (४ साल अघि)

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।

युवा संघले मन्त्री खतिवडाविरुद्ध मंगलबार उजुरी दर्ता गरेको हो । उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए ।

मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्रिय युवा संघका सहसंयोजक सजिंवकुमार सुरज झाले जानकारी दिए ।

मन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३,८,१७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचार संलग्न भएकाले कारवाही गर्न अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।


सम्बन्धित खबरहरु