आज:  | Tue, 21, Apr, 2026

यातायात कार्यालयको सम्पुर्ण काम आइतबारदेखि फेरि सुरु हुने वीरगञ्ज

Avatar photo दिशा निर्देश १४ माघ २०७८, शुक्रबार २०:३८ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज
यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्साको सबै सेवा आइतबारदेखि पुन: सुरु हुने भएको छ ।

यातायात कार्यालयको लाइसेन्स शाखामा कार्यरत कर्मचारीमा कोभिड संक्रमण देखिएपछि एक सातादेखि बन्द भएको नयाँ सवारी चालक अनुमति पत्र वितरण, लिखित एवं ट्रायल लगायतका सेवा स्थगित गरिएको थियो ।

स्थगित सबै सेवाहरु १६ गते आइतबारदेखि पुन: सुरु हुने यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा प्रमुख सुशिल साहले जानकारी दिए ।

अबदेखि स्वास्थ्य सावधानीका मापदण्डहरुको पालना गर्दै सेवा सुरु गरिने साहले बताए ।

कार्यालयबाट प्रवाह हुने नविकरण, प्रतिलिपी कार्ड वितरण र कार्यालयका आन्तरिक काम बाहेकका सम्पुर्ण काम माघ ७ गतेदेखि आज शुक्रवार सम्मका लागि बन्द गरिएको थियो ।


सम्बन्धित खबरहरु