कोरोना भाइरस महामारी अन्त्य गर्ने आशामा सरकारले लगाएको खोप पास र अन्य नियमहरूको विरोधमा शनिबार हजारौं मानिसहरूले युरोपेली राजधानीहरूमा प्रदर्शन गरेका छन् ।
ग्रीसको एथेन्स, फिनल्यान्डको हेलसिन्की, बेलायतको लन्डन, फ्रान्सको पेरिस, लियोँ र मार्सेई, नेदरल्यान्ड्सको आम्टरडम, स्विडेनको स्टकहोम, स्विजरल्यान्डको बर्न, बेल्जियमको ब्रसेल्स लगायतका शहरमाखोप पासविरोधी प्रदर्शनहरू भएका छन् ।
पेरिसमा मार्चले सयौं प्रदर्शनकारीहरूलाई आकर्षित गरेको छ ।उनीहरूले सोमबारदेखि जारी गरिएको नयाँ कोभिड-१९ पासको परिचयको विरोध गरेका हुन् ।
घरेलु उडान, खेलकुद कार्यक्रम, बार, सिनेमा घर र अन्य मनोरञ्जन स्थलहरूमा प्रतिबन्ध लगाउँदा खोप लिन अस्वीकार गर्नेहरूको जीवनलाई गम्भीर रूपमा प्रतिबन्धित गरेको आरोप प्रदर्शनकारीले लगाएका छन्
फ्रान्सेली मिडियाका अनुसार प्रदर्शनकारीहरूले लियों, मार्सेई, बोर्दो, लिल लगायतका अन्य शहरहरूमा पनि सयौंको संख्यामाप्रदर्शनगरेका थिए ।
त्यस्तै, स्विडेनको स्टकहोल्म शहरस्थित मध्यभागमा खोप पासको विरोध गर्दै मार्च पास गरिएको छ । ‘फ्रिडम मुभमेन्ट’द्वारा आयोजित खोप पासविरुद्धको प्रदर्शनका लागिप्रदर्शनकारीहरू विभिन्न सहरका मुख्य चोकमा भेला भएका थिए ।
स्विडेनमा ५० भन्दा बढी व्यक्तिहरू इन्डोर कार्यक्रमहरूमा भाग लिन खोप लगाएको प्रमाणपत्र आवश्यक पर्दछ । प्रदर्शनकारीहरूले यसको तीव्र रुपमा विरोध गरेका छन् ।
फ्रान्सेली मिडियाले रिपोर्ट गरेअनुसार नाजी समर्थक ‘नव-नाजी नोर्डिक प्रतिरोध आन्दोलन’ का प्रतिनिधिहरूले ब्यानरसहितप्रदर्शनमाभाग लिएका थिए ।
नाजीका समर्थकहरुले विगतमा स्विडेनमा हिंसात्मक घटनाहरू गराएकाले प्रदर्शनमा त्यस समूहलाई प्रहरीले नजिकबाट निगरानी गरेको जनाइएको छ ।
स्वीडेनको दोस्रो ठूलो सहर गोटेबोर्गमा पनि खोप पासविरोधी प्रदर्शन भएको छ ।
फिनल्यान्डको प्रहरीलाईउद्धृतगर्दै फ्रान्सेली मिडियाहरूले जनाएअनुसार शनिबार झन्डै ४ हजार मानिसले राजधानी हेलसिङ्कीको मध्य भागस्थित बिच सडकमै विरोध प्रदर्शन गरेका थिए । ‘वर्ल्ड वाइड डेमोन्स्ट्रेसन’ नामक
समूहले उक्त प्रदर्शन आयोजना गरेको थियो ।
फिनिस सरकारले प्रतिबन्धहरूमा कार्यक्रमहरू सीमित गर्ने वा केहि निषेध गर्ने, विश्वविद्यालयका कक्षाहरू अनलाइनमार्फत गर्ने, रेस्टुरेन्ट सेवा सीमित गर्ने र मानिसहरूलाई उच्च जोखिम हुने र भिडभाडयुक्त ठाउँहरू बन्द गर्ने नियम बनाएको थियो । रेस्टुरेन्ट र कार्यक्रमहरुमा प्रवेशको लागि खोप पास चाहिने बनाइएको छ ।
युरोपमा हेल्थ पास कि खोप पास ?ओमिक्रोन भेरियन्ट युरोपमा द्रूत रूपमा फैलिँदै गर्दा हेल्थ पासलाई खोप पासमा बदल्ने कि नबदल्ने भन्नेमा युरोपेली मुलुकहरूमा मतभिन्नतादेखिएको छ ।
फ्रान्सेली सरकारले आफ्नो कोभिड-१९ स्वास्थ्य पासलाई भ्याक्सिन पासमा रूपान्तरण गरेको छ । खोप वा रोगबाट निको भएको प्रमाण देखाउनुपर्ने नियमले कतिपय सार्वजनिक स्थानहरूमामानिसहरूको पहुँच सीमित गरेको छ ।
यो प्रणाली धेरै युरोपेली देशहरूमा पहिले नै लागू गरिएको त छ तर यसले विवादहरू पनि निम्त्याएकोदेखिन्छ ।
फ्रान्सेली सरकारले लागू गरेको नयाँ खोप पास प्रणालीअन्तर्गत खोप वा कोभिड-१९ बाट निको भएको प्रमाण देखाउने व्यक्तिहरूले मात्र पास पाउन सक्नेछन् ।
यो प्रावधानलाई सरकारले गत सोमबारबाट लागू गरेको छ । जर्मनी, अस्ट्रिया र चेक गणतन्त्रलगायत धेरै युरोपेली देशहरूमा पहिले नै परीक्षण भइरहेको छ ।
अस्ट्रियाले नोभेम्बरको अन्तमा देशभरि तालाबन्दी गरेपछि कडा स्वास्थ्य उपायहरू लागू गर्यो ।गत डिसेम्बर १२ देखि लकडाउन खुकुलो हुन थालेपछि देशव्यापी रुपमा टूजी नियम लागू भएको छ । खोप लगाएका वा गत६ महिनायता निको भएका व्यक्तिहरूले मात्र रेस्टुरेन्ट, होटल, पसल, सामुदायिक केन्द्रहरू र खेलकुद हलहरूमा प्रवेश गर्न सक्छन् ।
इस्टोनिया, लातभिया, चेक गणतन्त्र, आयरल्याण्ड र माल्टा लगायत धेरै युरोपेली देशहरूले राष्ट्रिय खोप पासको बाटो रोजेका छन् । तर‚ खोप पास लिने उमेर माल्टा र इस्टोनियामा १२ वर्ष, अस्ट्रियामा १५, फ्रान्स र जर्मनीमा १८ वर्षा छ भने केहि देशले १२ वर्षको उमेरबाट नै यो आवश्यक बनाएका छन् ।
बालबालिकालाई खोपफ्रान्सले डिसेम्बर २२ मा ५ देखि ११ वर्षका बालबालिकाहरूलाई खोप दिन थालेको थियो ।
फ्रान्सको सार्वजनिक स्वास्थ्य सेवाका अनुसार फ्रान्सको ५ देखि ११ वर्षका ५८ लाख योग्य बालबालिकाको जनसंख्याको एक दशमलब आठ प्रतिशतले पहिलो मात्रा पाएका छन् । हालसम्म शून्य दशमलव चार प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन् ।
फ्रान्सेली स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार लगभग एक लाख ७५ हजारबालबालिकाले पहिलो खोप लगाएका छन्
इटालीका ५ देखि ११ वर्ष उमेर समूहका ३६ लाख मध्ये २६ प्रतिशतले एक मात्रा र ६ दशमलव ४५ प्रतिशतले दुई मात्रा पाएका छन् ।
स्पेनले मंगलबारसम्म आफ्ना ३४ लाख बालबालिकामध्ये ४५ प्रतिशतलाई एक मात्रा दिएको थियो ।
त्यस्तै पोर्चुगलले६ लाखभन्दा बढी योग्य युवाहरूलाई खोप लगाएको छ । आयरल्यान्डले आफ्ना चार लाख ८० हजार बालबालिकामध्ये १० प्रतिशतभन्दा बढीलाई खोप लगाएको छ ।
