आज:  | Tue, 21, Apr, 2026

प्रदेश र राजधानी तोकेको खुसियालीमा मंगलबार प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

Avatar photo दिशा निर्देश ३ माघ २०७८, सोमबार १९:५५ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – प्रदेशको नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेको छ ।

मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएका छन् । मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जना स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेको थियो ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मधेस प्रदेश र राजधानी जनकपुर भएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा ।’


सम्बन्धित खबरहरु