वीरगन्जमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले घण्टाघर चोकमा मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन् ।
सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि मुख्यमन्त्री राउतको पुत्ला दहन गरीएको युवा नेता अलि हसनले जानकारी दिए ।
कुल ९९ सांसदमध्ये ८० जनाले प्रदेशको नाम मधेस राख्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १९ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो ।
