आज:  | Tue, 21, Apr, 2026

मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भीड, तोडियो स्वास्थ्य मापदण्ड

Avatar photo दिशा निर्देश ३ माघ २०७८, सोमबार १५:०८ मा प्रकाशित (४ साल अघि)

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।

मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भने अत्याधिक भीड देखिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला मन्त्री झाँक्रीको पत्रकार सम्मेलन हलमा झन्डै १ सय जना सहभागी भएका छन् ।

उता, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अन्य कर्मचारीहरुसहित मन्त्री समेत कन्ट्रयाक ट्रेसिङमा परिरहेका बेला मन्त्रालयमा अत्याधिक भीडभाडसहित पत्रकार सम्मेलन गर्दा स्वास्थ्य मापदण्डको उल्लंघन हुने जानकारहरु बताउँछन ।


सम्बन्धित खबरहरु