आज:  | Tue, 21, Apr, 2026

सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेको भीड

Avatar photo दिशा निर्देश २८ पुष २०७८, बुधबार २२:५८ मा प्रकाशित (४ साल अघि)

सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिन समेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि सर्वसाधारणहरूको फेरि खोप केन्द्रमा भीडभाड देखिन थालेको छ ।

राजधानीका विभिन्न खोप केन्द्रहरुमा पछिल्लो दिनमा बाक्लो संख्यामा सर्वसाधारण खोप लगाउनका लागि पुग्ने गरेको पाइएको हो।

सीसीएमसीसीको सिफारिसअनुसार विभागीय मन्त्रालय र स्थानीय प्रशासनले आगामी माघ ७ देखि कोरोनाको खोप लगाएको कार्ड अनिवार्य गरेका छन् । सोहीअनुसार खोप लगाउनका लागि सर्वसाधारणहरू खोप केन्द्रहरु पुगेका हुन् ।

बुधबार रातोपाटीकर्मी टेकु पुग्दा खोप लगाउनेहरुको लाइन देखिन्थ्यो । ३ फरक किसिमको खोप लगाउन बिहानैदेखि मानिसहरू टेकुमा पुगेका थिए ।

आइतबार बिहानैदेखि मानिसहरू खोप लगाउन आइरहेको अस्पतालले जनाएको छ । आइतबार करिब १२००, सोमबार २०००, मंगलबार २५०० र आज करिब ३००० जनाले खोप लगाएको अस्पताल स्रोतले जनाएको छ ।


सम्बन्धित खबरहरु