आज:  | Tue, 21, Apr, 2026

प्रदेश-१ मा मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

Avatar photo दिशा निर्देश १५ कार्तिक २०७८, सोमबार ०९:१७ मा प्रकाशित (४ साल अघि)

सुर्खेत – प्रदेश-१ मा मुख्यमन्त्री भीमप्रसाद आचार्यले साेमबार विश्वासको मत लिँदै छन् । आचार्यले गएको ५ गते प्रदेश सभामा पेस गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमा साेमबार छलफल गरी मत विभाजन हुँदैछ । सभामुख प्रदीप भण्डारीले साेमबार दिउँसोको लागि प्रदेश सभाको बैठक डाकेका छन्।

साेमबार मत विभाजन भएसँगै नेकपा एमालेले गण्डकी र वाग्मतीपछि प्रदेश-१ मा सरकार गुमाउने निश्चित छ । गएको ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । तर, त्यही दिन नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएपछि सदन स्थगित भएको थियो ।

आइतबार बसेको विपक्षी ५ दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उनीहरुले नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन् । प्रदेश-१ मा कुल ९२ सांसद छन्। विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेसँग ४१ र विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।


सम्बन्धित खबरहरु