वीरगञ्ज – वीरगञ्जमा विभिन्न पार्टी परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गर्नेको लर्को लागेको छ ।
शनिबार साँझ वीरगञ्जको वडा नम्बर २७ कुहडी टोलमा आयोजित कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरि सयौँ जना लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
अन्य पार्टी परित्याग गरि आएकाहरुलाई पार्टीका नेता राजेशमान सिंह, प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेशलाल सहनी लगायतले अविर र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
![]()
नवप्रवेशीहरुले जनता समाजवादी पार्टी, काग्रेस लगायतका पार्टीका गतिविधि नागरिकका हित विपरित देखेकाले आफूहरु लोकतान्त्रिक समाजवादीमा प्रवेश गरेको प्रतिकृया दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता राजेशमान सिंहले वीरगञ्जको समग्र विकासका लागि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वारलाई विजयी बनाउनु पर्नेमा जोड दिए ।
![]()
![]()
