आज:  | Tue, 21, Apr, 2026

रामनगरीमा निलकण्ठको निशुल्क स्वास्थ्य शिविर, ३ सय भन्दा बढीको स्वास्थ्य जाँच

Avatar photo दिशा निर्देश २३ आश्विन २०७८, शनिबार २२:०३ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्जको नीलकण्ठ अस्पतालले पर्साको रामनगरीमा शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले निशुल्क स्वास्थ्य जाँच गराएका छन् ।

सामाजि दायित्व अन्तर्गत अस्पतालले जिल्लाको ग्रामिण क्षेत्र रामनगरीमा त्यहाँका स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै निशुल्क श्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा महिला सम्बन्धि रोग, बाल रोग, आँखा तथा फिजिसियन डाक्टरहरुले स्थानीयको स्वास्थ्य जाँच गरेका थिए ।

स्वास्थ्य जाँच गर्नुका साथै आवश्यकता बमोजिम निशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालका चिकित्सक डा.अविनास गिरीले जानकारी दिए ।

शिविरमा आएकाहरुको फिजिसियन डा.गिरीसहित बालरोग विशेषज्ञ डा.आनन्द रौनियार, प्रसूती रोग विशेषज्ञ डा.रन्जन गिरी, सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी, डा.अविनास मिश्र लगायतले स्वास्थ्य जाँच गरेका थिए ।


सम्बन्धित खबरहरु