वीरगञ्ज – पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेकाे सरुवा भएकाे छ ।
घिमिरेकाे ठाउँमा उमेश कुमार ढकाललाई गृहमन्त्रालयले काजमा पठाएकाे छ ।
शुक्रबारकाे मन्त्रीस्तरीय बैठकले सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका ढकाललाई पर्सा जिल्लाकाे प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरिएकाे मन्त्रालयले सूचनामार्फत जानकारी दिएकाे छ ।
मन्त्रीस्तरीय बैठकले विभिन्न ४ जिल्लामा सिडियाे परिवर्तन गरेकाे हाे । जसमध्ये पर्साका सिडियाे घिमिरेलाई परिवर्तन गरेर ढकाललाई पठाइएकाे छ ।
४ वटै जिल्लामा अहिले काज सरुवा गरिएकाे मन्त्रालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।
घिमिरेले गएकाे चैतमा कार्यभार सम्हालेका थिए ।
![]()
