आज:  | Tue, 21, Apr, 2026

एमालेकाे विराेधका बाबजुद पनि प्रतिनिधि सभाको बैठक बस्दै

Avatar photo दिशा निर्देश २२ आश्विन २०७८, शुक्रबार ०९:०७ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक-२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा विरोध गर्दै आएको छ । त्यसलाई आज पनि निरन्तरता दिने तयारी एमालेले गरेको छ ।

अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ । सभामुख सापकोटाले ‘बाटो खाली नगरेसम्म विरोध जारी रहने एमालेका एक नेताले बताए ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटा र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो ।


सम्बन्धित खबरहरु