आज:  | Tue, 21, Apr, 2026

नेकपा एसले पार्टीको चुनाव चिह्न कलम राख्ने

Avatar photo दिशा निर्देश २१ आश्विन २०७८, बिहीबार १९:३७ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उनले बताए ।

बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।


सम्बन्धित खबरहरु