आज:  | Tue, 21, Apr, 2026

सांसदले पाएनन् दशैं भत्ता

Avatar photo दिशा निर्देश १९ आश्विन २०७८, मंगलवार १८:५५ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएनन् ।

संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब/भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन ।

गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिए ।

बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् ।

संसद सचिवालयका अनुसार असोज महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पीएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा गएको छ ।


सम्बन्धित खबरहरु