आज:  | Tue, 21, Apr, 2026

नेप्से बढे पनि कारोबार बढेन

Avatar photo दिशा निर्देश १९ आश्विन २०७८, मंगलवार १७:०३ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंकले बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले उकालो लागेको छ । व्यापारबाहेकका सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।

व्यापार समूहको उपसूचक भने ५६ अंकले घटेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन । कारोबार रकम ३ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका ४१ हजार ५१ वटा कारोबारबाट ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँमा रोकिएको छ ।


सम्बन्धित खबरहरु