आज:  | Tue, 21, Apr, 2026

केपी ओलीले भत्काएको कम्युनिष्ट आन्दोलन जोगाउने दायित्व युवाहरुको काँधमा छ : सचिव चौधरी

Avatar photo दिशा निर्देश १६ आश्विन २०७८, शनिबार १५:४९ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – नेकपा एकीकृत समजबादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले केपी ओलीकै कारण झण्डै दुई तीहाईको मतका साथ भएको पार्टी टुक्राटुक्र भएको बताएका छन् ।

पार्टीको महानगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई वीरगञ्जमा सम्बोधन गर्दै नेता चौधरीले केपी ओलीको दम्भ चरित्रभएको एउटा गुटको नाइकेमात्रै रहेको बताए ।

अहिले पार्टी नयाँ ढंगका साथ समाजवादको यात्रामा रहेको भन्दै सबै एकत्रित भएर केपी ओलीले भत्काएको कम्युनिष्ट आन्दोलन जोगाउने दायित्व युवाहरुको काधमा आएको पनि चौधरीले बताए ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य रामचन्द्र साहले संगठनलाई गाउँगाउँमा मजबुद बनाउँदै लैजाने दायित्व पनि युवाहरुको रहेकाले टोलटोलमा संगठनका गतिविधि बढाउन आग्रह गरे ।

कार्यक्रममा वीरगञ्ज महानगरका विभिन्न वडामा गठन भएको पार्टीको वडा कमिटीका अध्यक्षहरुलाई माला लगाएर सम्मान समेत गरिएको थियो ।

पार्टीको महानगर अध्यक्ष मनोज चौधरीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाले सहभागिहरुलाई प्रशिक्षणसमेत दिएका थिए ।
पार्टीका प्रदेश सदस्य सुरेन्द्र यादव, युवासंघका पदाधिकारी, विद्यार्थी नेताहरु, नगरका अगुवाकार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु