आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जकाे माइस्थानमा लोसपाको कार्यकर्ता भेला सम्पन्न

Avatar photo दिशा निर्देश १६ आश्विन २०७८, शनिबार १५:०८ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टीले वीरगञ्ज वडा नम्बर ६ माईस्थान चोकमा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका नेता राजेशमान सिंहले अबको निर्वाचनबाट हाम्रो नभई राम्रोलाई जिताउन आग्रह गरे । महानगरपालिकाको नेतृत्वमा रहेका व्यक्तिहरुको गतिविधिले नगरवासीले दुख पाएको भन्दै आउँदा दिनमा प्रलोभनमा नपरी सही नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा नेता शशीकपुर मियाँले अहिले प्रदेश सरकार भ्रष्टाचारको आहालमा चुर्लम्म डुबेको भन्दै त्यस्तालाई अब आउने निर्वाचनबाट पाखा लगाउनु पर्ने बताए ।
भ्रष्टाचार छानविन गर्दा संघीयता धरापमा पर्ने नभई झनै मजबुद हुने पनि उनले स्पष्ट पारे ।

यस्तै पूर्व स्ववीयू सभापति समेत रहेका नेता मुकेश द्विवेदीले वीरगञ्ज महानगरपालिकामा कर्मचारीलाई घुस नदिई आम नागरिकका कामै हुन नसक्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे ।

स्थानीय नेतृ माया गुप्ताको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण विद्यार्थी नेता आविद अहमदले गरेका थिए ।


सम्बन्धित खबरहरु