वीरगञ्ज – दि जुद्ध म्याच फ्याक्ट्री लिमिटेडको वार्षिक साधारण सभा बिहीबार वीरगञ्जमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०४३/०४४ देखि २०७६/०७७ सम्मको वार्षीक प्रतिबेदनमाथि छलफल गरि पारित गरेको छ ।
यस्तै वार्षीक हिसाब तथा लेखा परीक्षण प्रतिवेदन र आर्थीक वर्ष २०७७/०७८ का लागि लेखा परीक्षक नियुक्ती गर्ने विषय पनि साधारणसभाले पारित गरेको छ ।
आर्थिक वर्ष २०४३/०४४ देखि निष्कृय रहेको कम्पनी २०४७/०४८ देखि भने सम्बन्धित सरकारी कार्यालयलाई सूचना दिएर बन्द अवस्थामा रहेको थियो ।
लामो समयदेखि बन्द रहेको कम्पनीको प्रशासनिक कार्य सञ्चालनका साथै शेयरधनीको हितमा समेत काम गर्नु पर्ने भएकाले औपचारिक रुपमा नियमबद्ध तरिकाले साधारणसभा सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
![]()
साधारणसभाबाट कम्पनी सञ्चालक समिति पनि चयन गरिएको छ । सञ्चालक समितिमा श्रवणकुमार श्रेष्ठ, राकेश कुमार मास्के, राजेशमान सिंह, राजेश कुमार गुप्ता, शेष अब्दुल र रुपेशमान सिंह रहेका छन् ।
कम्पनीको बिहीबार सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले लामो समयदेखि कम्पनी बन्द हुँदा त्यहाँको जग्गा लगायत भौतिक सम्पत्ती क्षति भएको भन्दै त्यसलाई बचाउन कम्पनी फेरि सकृय भएर लाग्नेमा आफू आशाबादी भएको बताए ।
यस्तै वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानुले कम्पनी बन्द भए पनि शेयरधनीको लगानी त्यसै अड्किरहेको अवस्थामा एउटा निकास दिन पनि कम्पनीले आफ्नो साधारण सभा गर्नु उचित भएको बताए ।
![]()
उद्घाटन सत्रमा युवा नेता राजेशमान सिंह, कम्पनीका संचालकहरु श्रवण कुमार श्रेष्ठ, राकेश मास्के, सूरेन्द्रु लाल, कम्पनी सचिव सुरेश पोखरेल, रामप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।
![]()
