आज:  | Tue, 21, Apr, 2026

राज कुन्द्रा धरौटीमा रिहा

Avatar photo दिशा निर्देश ५ आश्विन २०७८, मंगलवार ०७:५८ मा प्रकाशित (४ साल अघि)

एजेन्सी – पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।

अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । ​कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।


सम्बन्धित खबरहरु